प्रजातान्त्रीक गणतन्त्र कंगोमा जारी सशस्त्र विद्रोहमा छिमेकी मुलुकहरु रुवाण्डा र युगाण्डाको हात रहेको निष्कर्ष राष्ट्रसंघीय निकायले निकालेको छ । राष्ट्रसंघले तयार पारेको एउटा गोप्य प्रतिवेदनका अनुसार कंगोको एम २३ नामक विद्रोही समुहको नियन्त्रण रुवाण्डाका रक्षामन्त्रीले गरेका छन् ।
राष्ट्रसंघीय गोप्य प्रतिवेदन आप्mनो हात लागेको दावी गर्ने बेलायती समाचार संस्था रोएटर्सको समाचारमा रुवाण्डासँगै अर्को छिमेकी युगाण्डाले पनि विद्रोहीलाई सहयोग गरेको उल्लेख छ । रुवाण्डा र युगाण्डाले भने उक्त आरोप अस्विकार गरेका छन् । एम २३ नामक सशस्त्र समुहले गत अफ्रिलमा शान्ति प्रयास विफल भएयता विद्रोह गर्दै आएको छ ।