पर्वत । नेकपा एमाले सचिव शंकर पोखरेलले माओवादीले सत्तामा बसेर जंगली प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ ।
बाग्लुङमा पत्रकारहरुसँग सचिव पोखरेलले कामचलाउ सरकारको रुपमा सत्तामा बसेर माओवादीले राष्ट्रपतिलाई गाली गर्दै हिड्नु अन्तरिम संविधान विपरीत भएको बताउनुभयो ।
उहांले १० वर्षसम्म युद्ध लडेको माओवादी नेतृत्वले विदेशीसँग गलत सम्झौता गरेकाले वर्तमान सरकार इतिहासकै कलंक भएको आरोप लगाउनुभयो ।
RSS