संविधानसभाको अन्योल वीच फेरी एकीकृत माओवादीद्धारा राष्ट्रपतिको समेत निर्वाचन गर्नुपर्ने भन्दै नयां प्रस्ताव

काठमाडौं । एकीकृत माओवादीले राजनीतिक अन्योल समाप्त गर्न राष्ट्रपतिको समेत निर्वाचन गर्नुपर्ने भन्दै नयां प्रस्ताव अगाडि सारेको छ । नेपाली कांग्रेससंग  भएको वार्तामा एमाओवादीका अध्यक्ष प्रचण्डले राष्ट्रपति निर्वाचन समेत गर्नुपर्ने नयां प्रस्ताव राख्नुभएको हो । एमाओवादीले संविधानसभा पुनस्र्थापना गरी नयां संविधान जारी गरेर चुनावमा जानुपर्ने तर त्यसो हुन नसके राष्ट्रपतिको पनि चुनाव गर्ने गरी वर्तमान सरकारकै नेतृत्वमा चुनावमा जानुपर्ने प्रस्ताव राखेको छ ।


सहमतिको सरकार बनाएर तत्काल चुनावमा जान कांग्रेसले गरेको प्रस्तावलाई एमाओवादीले अस्वीकार गरेको थियो । एमाओवादीले पुनस्र्थापना नभए वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउनसमेत प्रस्ताव गरेको थियो । संविधानको मुद्दामा आफूले भनेअनुसार भए सरकारको विकल्प खोज्न सकिने एमाओवादीको तर्क थियो भने पटक