काठमाडौं । राष्ट्रपति डाक्टर रामबरण यादवले विघटित संविधानासभामा रहेका दलहरुलाई सामूहिक छलफलका लागि शीतल निवासमा आमन्त्रण गर्नुभएको छ । असोज मसान्तभित्र राजनीतिक संकट समाधानका लागि सहमति गर्ने भनी दलहरुले गरेको बाचा पुरा नभएपछि दलहरुलाई सहमतिका लागि अन्तिम समयसीमा दिन राष्ट्रपतिले आमन्त्रण गर्नुभएको बुझिएको छ ।
पटक पटक सहमतिको समयसीमा तोडेका दलका नेताहरुलाई समयसीमा तोक्नैपर्ने दबाब राष्ट्रपतिमाथि परेको छ । कांग्रेस र एमाले लगायतका विपक्षी दलहरुले अब पनि राष्ट्रपतिले निर्णायक कदम नचाले एकीकृत माओवादीले सत्ता कब्जा गर्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।
यसैबीचमा एकीकृत माओवादीले राष्ट्रपतिको समेत चुनाव गर्नुपर्ने नयां पासा फ्याँकेपछि नयां परिस्थिति उत्पन्न भएको छ भने राष्ट्रपति कार्यालयलाई पनि सशंकित बनाएको छ ।
RSS