बडादसैँको उपलक्ष्यमा ५४ जना कैदीको कैद छोट्याई कारागार मुक्त
कार्तिक ३ गते, २०६९ मा प्रकाशित
काठमाडौ – सरकारले २०६९ सालको बडादसैँको उपलक्ष्यमा असल चालचलन भई ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका ५४ जना कैदीको कारागार नियमावलीबमोजिम बाँकी कैद छोट्याई कारागार मुक्त गर्ने निर्णय गरेको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार कैद माफी मिनाह राष्ट्रपतिको आदेशबाट भएको हो ।