अमेरिकाको विस्कोन्सिन राज्यको ब्रुकफ्रिल्टस्थित एक स्पामा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा तीन जना मारिएका छन् भने चार जना घाइते भएका छन् ।
अन्दाजी ४५ बर्षका देखिने शंकास्पद गोली चलाउने व्यक्ति पनि मृत भेटिएको प्रहरीले जनाएको छ । -याड्क्लीफ ह्यागटन नामक ती व्यक्तिले आफै माथि पनि गोली चलाएको प्रहरीको अनुमान छ ।
घटनास्थलबाट बिस्फोटक पदार्थ पनि बरामद गरिएको छ । प्रत्यक्षदर्शीले एक जना बन्दुकसहित स्पामा प्रवेश गरेको केहीबेरमै प्रहरीको हुल पुगेको बताएका छन् । घरेलु बिबादकै कारण गोली चलेको हुनसक्ने बताइएको छ ।
अमेरिकामा समयसमयमा यस्ता घटना भइनै रहेका छन् । यसैबीच ह्वाइटहाउसबाट जारी गरिएको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले गोलाबारीप्रति दुःख व्यक्त गर्नुभएको छ ।
मृतकका परिवारलाई धैर्य धारण गर्न पनि विज्ञप्तिमा आग्रह गरिएको छ ।
– Agencies