दशै


बाबु रोका मगर
असुरकोट-९ अर्घाखाँची हाल(न्यू दिल्ली)भारत

यो बर्षको दशै पनि सबैको घरदैलोमा आयो
कसैको घरमा खुशी त कसैको घर मा
दु:ख र पिडा बोकी ल्यायो |


किन आउछौ दशै तिमी बर्ष दिनमा
कसैलाई हसाउन त कसैलाई रुवाउन
तिमी त बिजय को अर्को रूप हौ
कृपया सबैलाई खुशी बनाउन |


कोही-कोही चिटिक्क परेर
खुशी हुँदै रमाइरहेका हुन्छन दशै मा
कोहि-कोही दु:ख का भारी बोकेर
पल-पल मर्दै बाँचिरहेका हुन्छन यो दशै मा |


तिमीलाई स्वागत छ दशै आउ तिमी आउ
तर सबैको घर-घर मा खुशी र शान्ती बोकेर ल्याउ
गरीब दुखी सबैलाई यो दिन एक-एक घुट भए पनि
खुशी दिएर जाउ |खुशी दिएर जाउ ||खुशी दिएर जाउ |||