क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्त्रोद्धारा आफनो बारेमा गलत अफवाह फैलाएको भन्दै अन्तराष्ट्रिय सन्चारमाध्यमहरुको आलोचना

क्युवाका पूर्व राष्ट्रपति क्यास्त्रोले गरे सञ्चार माध्यमको आलोचनाक्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्त्रोले आफनो बारेमा गलत अफवाह फैलाएको भन्दै अन्तराष्ट्रिय सन्चारमाध्यमहरुको आलोचना गरेका छन् । उनले हालै एक आलेखमार्फत आफू मृत्युको शैयामा रहेको समाचार सम्प्रेषण गरी गलत प्रचारप्रसार गरेको भन्दै अन्तराष्ट्रिय सन्चारमाध्यमहरुको आलोचना गरेका हुन् ।

 

आफनो स्वास्थ्यस्थिती सामान्य भएको जानकारी गराउँदै ८६ बर्षिय क्यास्ट्रोले उनको स्वस्थ्यस्थितीबारे हावादारी समाचार नदिन अन्तराष्ट्रिय सन्चारमाध्यमहरुलाई चेतावनी समेत दिएका छन् । क्युवाको एक सरकारी सञ्चारमाध्यममा आफनो पछिल्लो तस्वीर पठाई तस्वीर हेरेर भएपनि उनको स्वास्थ्यस्थितीबारे जान्नुपर्ने सुझाव उनले सन्चारमाध्यमहरुलाई दिएका छन् । गत मार्च पछि उनले सार्वजनिक गरेको यो दोश्रो तस्वीर हो ।

 

आफू अध्ययन र लेखनमा ब्यस्त रहेकोले दुनियाको नजरबाट टाढा रहेको जानकारी पनि उनले आलेखमा उल्लेख गरेका छन् । यसअघि बेखवर रहेका क्यास्ट्रोको स्वास्थ्यस्थिति नाजुक बनेकाले उनको मृत्यु भएको आशंकामा बिभिन्न प्रकारको समाचारहरु प्रकाशमा आएका थिए । फिडल क्यास्ट्रो सन् १९५९ मा क्युवाको सत्ता सम्हालेका क्यास्ट्रोले अस्वस्थताका कारण उनका भाई राहुल क्यास्ट्रोलाई सन् २००८ मा सत्ता हस्तान्तरण गरेका थिए ।

 

Agencies