अर्घाखाँचीमा आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदै

सन्धिखर्क, अर्घाखाँची । आज महान् चाड वडा दशैको दशौँ दिन अर्घाखाँचीभर आफ्ना मान्यजनहरूबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाइँदैछ।

 

मान्यजनहरूबाट टीका लगाउन सन्धिखर्कमा विभिन्न कारणले बसोबास गर्दै आएका एवम जिल्ला बाहिरबाट आएकाहरु आफ्नो गाउँ घरमा पुगेर टिका लगाउने तयारी गरिरहेका छन।

 

अहिले सन्धिखर्क, चुत्राबेशी बजार सुनसान रहेको छ।

 

यसका साथै देश बाहिर रहेका अर्घाखाँचीबासीहरुले आफ्ना आफन्तहरुलाई घरमा फोन, ईन्टरनेट मार्फत संपर्क गरिरहेका देखिन्छन। भने अर्घाखाँची डट्कमले निरन्तर २४ सै घण्टा प्रत्क्षय लाईभ उप्डेट गरेको छ ।

 

थाहा भए अनुसार विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । आज नौदिनसम्म दसैँघरमा दुर्गाभवानीको पूजा आराधना गरी राखिएको जमरासहितको टिका लगाउने प्रचलन छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।


पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्णघडाको जलले अभिषेक गरी आआफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टिका र जमरा लगाइन्छ ।


 


आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ ।

 

टीकाको शुभसाइत आज बुधबार बिहान ११ बजेर २९ मिनेटमा उत्तम रहेको छ ।

 


 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु