भारतको मुम्बई वम आक्रमणका मूख्य दोषी अजमल कसाबले मृत्युदण्ड नदिन भारतका राष्ट्रपतिसमक्ष गरेको याचना नस्वीकार्न त्यहाँको गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष आग्रह गरेको छ ।
सरकारको यो आग्रहसँगै के गर्ने भन्ने निर्णयाधिकार अब राष्ट्रपति प्रणव मुखर्जीसँग रहनेछ ।
तर सरकारबाट यो आग्रह हुनु भनेको कसाबमाथि फाँसी हुने निश्चित जस्तै भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि भारतीय उच्च न्यायालयले पनि कसाबलाई मुम्बई आक्रमणमा दोषी ठहर्दै फाँसीको सजायँ हुने स्पष्ट गरेको थियो । सन् २००८ मा मुम्बईमा वम आक्रमण गर्ने दश आक्रमणकारी मध्ये अजमल कसाव एक हुन् ।
उनका नौं साथी भने त्यतिबेलै मारिएका थिए ।
उक्त आक्रमणमा १ सय ६७ जना मारिएका थिए । जसमा केही विदेशीसमेत मारिएका थिए ।
– Agencies