राष्ट्रपति डा रामवरण यादवद्धारा ११ वजेर २९ मिनेटको शुभसाइतमा दशैंको टीका ग्रहण

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले ११ वजेर २९ मिनेटको शुभसाइतमा दशैंको टीका ग्रहण गर्नुभयो । निजी पुरोहित शंकरप्रसाद सिग्देल र दशैघर हनुमान ढोकाका पुरोहीत दिनानाथ भट्टराईवाट राष्ट्रपतिले टीका ग्रहण गर्नुभएको हो । पुरोहितको टिका ग्रहणपछि राष्ट्रपति यादवले आफना आफन्तजनलाई वडादशैंको टिका लगाउनुभयो ।
यसैवीच,राष्ट्रपति डाक्टर रामवरण यादवले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि आम नेपाली नागरीकलाई टिका टिका लगाउदै हुनुहुन्छ । विजयदशमीका दिन राष्ट्रपति यादबले राष्ट्रध्यक्षका हैसियतले आमनागरीकलाई टीका तथा जमरा लगाउनुभएको हो ।


राष्ट्रपति कार्यालय शीतलनिवास पुग्ने आमनागरीकलाई अपरान्ह साढे १२ बजेदेखि पाँच बजेसम्म टीका लगाइदिन लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस्तै पूर्ब राजा ज्ञानेन्द शाहले पनि वडा दशैंको दिनमा आफ्ना शुभेच्छुकहरुलाई अपरान्ह तीन बजेदेखि टीका लगाइदिने कार्यक्रम रहेको वताइएको छ ।

 

– RSS