काठमाडौं – चितवनको अयोध्यापुरीस्थित गणेशकुञ्जमा गरिबीका कारण एक व्यक्तिले आत्महत्या गरेका छन् । दसैं मान्ने खर्च जुटाउन नसकेपछि स्थानीय ५० वर्षीय धनबहादुर परियारले आत्महत्या गरेका हुन् ।
खर्च नभएपछि अष्टमीका दिन धनबहादुरले छिमेकीसँग केही दिनमा पैसा दिने भन्दै मासु माग्दा नदिएपछि उनले आत्महत्या गरेका हुन् ।
परियारले मंगलबार आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनका १२ जना छोरा छोरी छन् ।
गणेशकुञ्जमा एक कठ्ठा सार्वजनिक जग्गामा सानो झुप्रो बनाएर बसेका परियारले भान्सा कोठाको दलिनमा झुण्डिएर आत्महत्या गरेका हुन् । चितवन प्रहरी प्रमुखरएस पी दीपककुमार थापाले गरिबीका कारण परियारले आत्महत्या गरेको बताएका छन् ।
– RSS