महान पर्व ईदलाई ध्यानमा राखी सिरियाली सेनाद्धारा चार दिने युद्धविराम गर्ने घोषणा

मुश्लिमहरुको महान पर्व ईद अल अजाहलाई ध्यानमा राखी सिरियाली सेनाले चार दिने युद्धविराम गर्ने घोषणा गरेको छ ।

 

एक सरकारी टीवीमार्फत जारी गरेको सन्देशमा सिरियाली सरकारले विद्रोहीको प्रतिकार नगर्ने जनाएको हो ।

 

सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका विशेष दूत लख्दर ब्राहिमीको प्रस्ताव अनुसार सिरियाली सेना युद्धबिराम घोषणा गर्ने निर्णयमा पुगेको हो ।

 

सिरियाली बिद्रोही एलोप्पोबाट अगाडी बढीरहेकै बेला सेनाले युद्धबिरामको घोषणा गरेको हो । सिरियामा शान्ति स्थापनार्थ लागिपरेका ब्राहिमीको युद्धबिराम प्रस्तावलाई सिरियाले स्वीकारेकोमा विश्व समुदायले भने स्वागत गरेको छ ।

 

सिरियामा २० महिनादेखि चलेको सरकारबिरोधी आन्दोलनमा हजारौं मारिइसकेका छन् । सन् २०११ को मार्च महिनादेखि राष्ट्रपति बसर अल असदको राजीनामा माग गर्दै शुरु भएको जनप्रदर्शनका क्रममा हालसम्म ३२ हजारभन्दा बढी व्यक्ति मारिइसकेका छन् ।

 

– Agencies