चीनका प्रधानमन्त्री बेन जिया बाओले तीन अर्व अमेरिकी डलर बराबरको सम्पत्ती आर्जन गरेको खुलासा भएको छ । अमेरिकाको न्युयोर्क टाइम्सले हालै प्रकाशित गरेको तथ्यांक अनुसार वेन जियाबाओले प्रधानमन्त्री पदमा रहँदा आफना श्रीमती, छोरा,छोरी र भाईको नाममा सम्पती लुकाएको खुलासा भएको हो ।
बेन जियाबाओका हरेक परिवारका नाममा कम्तीमा पनि दुई अर्व ७० करोड अमेरिकी डलर बराबरको सम्पती रहेको छ ।
न्युयोर्क टाइम्सले यसको सबुत आफूसंग भएको दाबी गदै प्रधानमन्त्री पदमा रही अकुत सम्पती आर्जन गरेकोमा बिश्वको ध्यान केन्द्रित गरेको छ । सन् १९९८ मा चीनका लागि उपप्रधानमन्त्री बेनेका बेनजियाबाओ ५ बर्षपछी चीनका प्रधानमन्त्री बनेका हुन् ।
– Agencies