काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बाबुराम भट्टराईले बालुवाटार नछाडे दशैंपछि आन्दोलन गरेर हटाउने चेतावनी दिएका छन् । आफ्नै निवास बोहोराटारमा सञ्चारकर्मीसँग कुरागर्दे पौडेलले आन्दोलनको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिइसकेको बताए ।
पौडेलले बावुराम भट्टराईको नेतृत्वमा सहमति नहुने भन्दै सरकार परिर्वतनपछि मात्रै अन्य विकल्पकोबारेमा छलफल हुने बताए । माओवादी प्रति आक्रामक रुपमा प्रस्तुत भएका पौडेलले संविधानसभा पुनःस्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने बताए ।
उनले संविधानसभा विघटन गर्ने प्रधानमन्त्री बावुराम भट्टराईको नेतृत्वमा निर्वाचनमा जान नसकिने प्रष्ट पारे ।
– RSS