सिरियाली सेनाले मुश्लिमहरुको महान पर्व ईद अल अजाह मनाउन चार दिने युद्धविराम घोषणा गरे लगत्तै राजधानी दमास्कसको मानव बस्तिमा कार बम विस्फोट गराईएको छ ।
विस्फोटमा परी ५ जना मारिनुका साथै ३० भन्दा बढी घाईते भएको सरकारी टेलिभिजनले जनाएको छ ।
सिरियाका लागि संयुक्त राष्ट्रसंघ र अरब लीगका विशेष दूत लख्दर ब्राहिमीको प्रस्ताव अनुसार सिरियाली सेना युद्धबिराम घोषणा गरे पनि देशका विभिन्न भागमा गोली हानाहानका घटनाहरु भईरहेको बीबीसीले जनाएको छ ।
सिरियामा २० महिनादेखि चलेको सरकारबिरोधी आन्दोलनमा हालसम्म ३२ हजारभन्दा बढी व्यक्ति मारिइसकेका छन् ।
– Agencies