काठमाडौं । नेकपा एमाले अध्यक्ष झलनाथ खनालले दशैंपछि बाबुराम नेतृत्वको सरकार चाडै ढल्ने दावी गर्नुभएको छ । आज आफ्र्नै निवास डल्लुमा सञ्चारकर्मीसंग कुरा गर्दे उहाँले बाबुराम नेतृत्वको अक्षम सरकार ढाल्न आन्दोलनको तयारी भइरहेकाले यो सरकारको आयु धेरै नभएको बताउनुभयो । जनतामा बाबुराम सरकारप्रति नैरास्यता जागेको भन्दै सहन र धैर्यता गर्ने सिमा अव जनतामा नभएको बताउनुभयो ।