काठमाडौं । दसैं मनाउन घर गएकाहरु काठमाडौं फर्किने क्रम आज पनि जारी छ । काठमाडौं भित्रिने नाकाहरुमा खचाखच भरिएका सवारी साधनहरु भित्रिन थालेका छन् ।
काठमाडौं भित्रिने प्रमुख नाका नागढुङ्गाबाट एकदिनमा ३ हजार ७ सय भन्दा बढी सवारी साधनमा ५५ हजार भन्दा बढी यात्रु काठमाडौं भित्रिएको प्रहरी नायब निरिक्षक कैलाश खत्रीले जानकारी दिए ।
यसपालीको दसैंमा भाडाका सवारी साधन भन्दा निजी सवारी साधन धेरै प्रयोग भएको नागढुङ्गा प्रहरीले जनाएको छ ।