मैले मन घोचेँकोमा रिसाउनेहरु।
घोँचेर त हेर, नेपालीलाई जगाउन कति गाह्रो छ।।
आफुलाई नेपाली भन्ने साथीहरु।
नेपाली बनेर त हेर, बन्न कति गाह्रो छ।।
देश टुक्र्याएर बनाउन खोज्ने नेताहरु।
टुक्राएर त हेर, फेरि जोड्न कति गाह्रो छ ।।
जात थर देखि डराउने साथीहरु।
हटाएर त हेर, आफैंलाई चिन्न कति गाह्रो छ।।
म जँगिएकोमा मनमनै चिडिनेहरु।
पोखेर त हेर, यो मन कति हलुन्गो छ ।।
देशलाई सरापेर बस्ने साथीहरु।
देश सपारेर त हेर, सपार्न कति सजिलो छ।।
हक माग्ने सँग डराएका साथीहरु।
दिएर त हेर, दिँदा झन् आनन्द छ ।।
अधिकार खोज्दा दायित्व भुल्नेहरु।
जिम्मेवार भई त हेर, यसमा झन् सम्मान छ।।
बिदेशीने सँग रुष्ट भएकाहरु।
परदेश बसेर त हेर, त्यहाँ बाँच्न कति दु:ख छ।।
परैबाट देश भक्ति देखाउने साथीहरु।
भित्र आई त हेर, यो देशलाई माया गर्न कति गाह्रो छ।।
मैले सुस्तो हिंडेकोमा रिसाएका साथीहरु।
सुस्*तरी हिँडेर त हेर, टाढा पुग्न झन् सजिलो छ।।
पटक पटक जागेर थाकेकाहरु।
फेरी एक चोटी लागेर त हेर, देशलाई तिम्रो झन् खाँचो छ।।
फेरी भन्छु