मायाको सजाय

   बाबु रोका मगर
असुरकोट-९,अर्घाखाँची हाल(न्यू दिल्ली)भारत

 

पुरै उमेर जिन्दगी बाट टाढा भए
तिम्रो खुशी को लागि खुशी बाट टाढा भए
अब यो भन्दा ठूलो मायाको सजाय कि हुन सक्छ ?
कि म तिम्रो भएर पनि तिमी बाट टाढा भए |

पुरै समय तिमीलाई दिएर म आफ्नो समय बाट टाढा भए
तिम्रो भबिश्यको ख्याल राख्दै जाँदा म मेरो भबिश्यको हत्त्यारा भए
अब यो भन्दा ठूलो तिम्रो मायाको सजाय के हुन सक्छ ?
कि म अब बाँच्नु को कुनै अर्थ रहेन मात्र घ्रिणा को पात्र भए ||


छैन केही अब तिमीलाई दिन सक्ने बाँकी म सँग
न तिमीलाई आफ्नो बनाए न त तिम्रो हुन पाए
तिमी जहाँ छेयौ जस्तो छेयौ खुशी रहनु
तिमीलाई यो संसार दाईजो छोडेर तिम्रो नजर बाट सदाको लागि टाढा भए |||