नेपालको राजनीति र समस्या निराकर


– डिल्लीराज घिमिरे
 
अर्घाखाँची जिल्लाको हंसपुरमा दसैँ मनाउने क्रममा भएको झडप प्रति लक्षित गर्दै राजनीतिको नाटकीय रुपमा  शक्ति प्रदर्सन गरेर जनताको सान्ति सुरक्षा मा खलल पुर्याउने अभिप्रयले  दुई सक्तिसाली मानिने  राजनीतिक दलका नेता हरुको झगडा बास्तबमा अरु केहि नभई आफ्नो शक्ति प्रदसन गरि जनतालाई दुख दिने र आफ्नो पहुच देखाउने साथमा देसको अर्थ तन्त्र मा समेत असर पर्ने खालको देखिन्छ बास्तबमा जनतालाई यो वा त्यो तरिकाले जनतालाई सान्ति दिनु को सट्टा असान्ति कै भुमरीमा पुर्याउन खोजेको देखिन्छ सदैब परम्परागत तरिकाले मनाउने चाड पर्व आहिले राजनीतिक तरिकाले मनाउने गरेको देखिएकोले बास्तबमा यो कति उचत छ भन्ने बिसयमा सबैको ध्यान आकर्षण हुन जरुरि देखिन्छ बर्तमान नेपालको परिपेक्षेमा जान्तालाई यो वा त्यो राजनीतिको आस छैन कोहि पनि सत्य छैन भन्ने कुरा सबैमा बिदितै छ त्यसकारण सान्ति र सुरक्षाको पक्षमा आगाडी बढ्नु आहिलेको उचित बिकल्प हो।
 
बर्तमान देसको राजनीतिक मावल अतिनै नराम्रो तरिकाले फसेको छ यो आवस्थामा पुर्याउनुमा नेपालका कुनी पनि राजनीतिक पार्टी अछुत छन् भन्न खोज्नु पानि माथिको ओभानो हुन खोज्नु नै हो।देसको संकटकालिन अबस्थामा कुनै पनि राजनीतिक दल तथा सम्बन्धित निकाय जिम्बेवार भएको देखिदैन।राजनीतिक दलका नेता देस-बिदेस भ्रमण गर्नु,आफ्नो परिवार सपार्नु,आफ्ना दलका कार्यकर्ता भड्काउने र लड़ाउनु यिनी हरुको एक दिनचर्या    भएको छ।तर आज देसको युवा शक्ति बिदेस पलायन भएको छ भने बिदेस् देखि भित्रिने रेमिटान्स ले देस चलेको छ भन्ने कुरामा सम्बन्धित निकायको कुनै वास्ता भएको देखिदैन।
 
बर्तमान आवस्थामा देसको राजनीतिक समस्याको निराकरण गरि देसमा सान्ति सुरक्षा दिनु नै देस र जनताको माग हो।अहिले देस बिदेसमा रहने  75% युवा शक्ति र कयौं जनता हरु राजनीतिक पार्टी को (र) पनि सुन्न चाहदैनन् यस्तो अबस्थामा ति नेता हरुले गरिने सम्पूर्ण भासण  लाइ एक जनावरको आबाज भन्दा पनि खराब तरिकाले हेर्नु सायद यिनिकै क्रियाकलापने नै बनाएको हो भन्दा कु अर्थ नलाग्ला साथै छिट्टो भन्दा छिटो राजनीतिक समस्याको निराकरण गरि देस मा सान्ति सुरक्षा को दिसामा आगाडी बढी जानुको कुनै बिकल्प देखिदैन
। 
 
लेखक-पी एस एम नेपाल का संयोजक तथा अर्घाखाँची डट कमका प्रतिनिधि हुनुहुन्छ ।