– प्रेमनारायण आचार्य
अर्घा अर्घाखाँची १३ असोज । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरी नयाँ निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन् ।
अन्तरिम सविधान अनुसार वैधानिक ढंगले अर्को सरकार बनाउने अर्को बाटो छैनू सोमबार अर्घाखाँचीको अर्घामा एकीकृत नेकपा माओवादीले आयोजना गरेको जनसभा तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने अन्तरिम संविधान अनुसार गठन भएको सरकारले राजीनामा दिएपछि अर्को सरकार गठन गर्ने वैधानिक प्रावधान छैन । प्रधानमन्त्रीको राजीनामापछि मात्र सहमतिमा जान सकिने प्रतिपक्षीहरुको भनाइतर्फ इंगित गर्दै प्रधानमन्त्री भट्टराईले प्याकेजमा सहमति गरी आफ्नै नेतृत्वमा राष्ट्रिय सरकारको गठन गरेरमात्र नयाँ निर्वाचनमा जान सकिने स्पष्ट पारे ।
कार्तिक महिनाभित्र नै राजनीतिक संकटको निकास निस्कनेमा आशावादी हुँदै प्रधानमन्त्री भट्टराईले भने – दलहरुबीच घनिभूत छलफल भैरहेको छ तिहारअघि नै निकास निस्कनेमा म विश्वस्त छु । राजनीतिक र वैधानिक संकट समाधानका लागि आफूहरुले छोटो अवधिका लागि संविधानसभाको पुनःस्थापना र नयाँ निर्वाचन दुबै विकल्प खुल्ला राखेको समेत उनले बताए । हामीले दुबै विकल्प खुल्ला राखेका छौं प्रतिपक्षी दलहरुतर्फ लक्षित गर्दै उनले भने ूकुनै नयाँ विकल्प भए ल्याउनुहोस् छलफल गर्न हामी तयार छौं ।
राजनीतिक गतिरोध अन्त्यका लागि सबै दलहरु उत्तिकै जिम्मेवार भएकोतर्फ औंल्याउँदै प्रधानमन्त्री भट्टराईले राजनीतिक तरलताको अवस्थामा दलहरु मिलेर जानुको विकल्प नभएको समेत बताए । ूअहिले हामी एउटै डुंगामा यात्रा गरिरहेका छौं डुंगामा प्वाल परेमा हामी सबै डुब्छौं ।
उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय समुन्नतिका लागि आधारहरु तयार पारेको दावी गरे । देशमा भ्रष्टाचार रोक्न र सुशासन कायम गर्नका लागि २०१ बुँदे कार्ययोजना ल्याएका छौं गरिबीको पहिचान गरी परिचयपत्र दिने कार्यको थालनी भएको छ स्वदेशी र विदेशी पूँजी लगानीलाई सहज बनाउन लगानी बोर्डको गठन गरी राष्ट्रिय महत्वका परियोजना कार्यान्वयनको क्रममा छनू उनले भने- सीपयुक्त युवालाई वर्षमा कम्तिमा १ सय दिन रोजगारीको ग्यारेण्टी गर्न नसकेमा बेरोजगारी भत्ता दिने विधेयक अध्यादेशबाट ल्याउन खोजे पनि स्वीकृत गरिएको छैन । आफ्नो सरकारले गरेका कार्यलाई राम्रा कार्यको गोरेटो भएको बताउँदै प्रधानमन्त्री भट्टराईले अझै १० वर्ष आफूले शासन गर्न पाएमा मुलुकमा गरिबी र बेरोजगारीको अन्त्य गर्दै देशलाई मध्यम तहको समुन्नत राष्ट्रमा परिणत गर्ने दावी गरे । प्रतिव्यक्ति आय वृद्धि गरी ३ हजार डलरमा पुर् याउने लक्ष्य रहेको समेत उनले बताए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी स्थायी समिति सदस्य एवम् शान्ति तथा पुनःनिर्माण एवम् भौतिक योजना मन्त्री टोपबहादुर रायमाझीले आफ्नो पार्टीले पूर्वाधार विकास सहित आर्थिक क्रान्ति र रुपान्तरण खोजेको बताए । एक अर्को प्रसंगमा मन्त्री रायमाझीले माओवादीले तय गरेका एजेण्डामा राज्य गएकोले आफूहरुलेमात्र परिवर्तनको अगुवाइ गर्न सक्ने दावी गरे । देशलाई अहिलेको सरकारको विकल्पमा अर्को सरकार चाहिएको होइन परिवर्तनको एजेण्डा ल्याउने दलको सरकार भएमा मात्र एजेण्डालाई स्थापित गर्न सक्दछू उनले भने । आफूहरुले युद्ध बुझेका कारण शान्ति समेत बुझेको समेत उनको दावी थियो ।
एमाले र काँग्रेसले सरकारबाहेक अन्य केही नदेखेको आरोप लगाउँदै उनले भने अहिलेको जटिल परिस्थितिमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भन्नुको आशय आफूहरुले सरकारको नेतृत्व गर्नुबाहेक अरु केही होइनू उनले भने यस अवस्थामा प्रधानमन्त्रीको राजीनामा आउँदैन ।
राजनीतिक र ऐतिहासिक महत्व बोकेको अर्घाको मसुरपाटाको मैदानलाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने योजना समेत मन्त्री रायमाझीले सुनाए ।
एकीकृत नेकपा माओवादीका मगरात तमुवान ब्युरो इाचार्ज लीलामणि पोखरेलले वैधानिक रिक्तताको वर्तमान अवस्थामा राष्ट्रिय सहमति बन्नुपर्नेमा जोड दिए । साँच्चै िसंगौरी नै खेल्ने हो भने बाबुराम भट्टराई जिन्दगीभरि प्रधानमन्त्री बन्न सक्ने अवस्था छू उनले भने तर पनि माओवादी जिम्मेवार भएकोले छिटो निकास खोजिरहेको छ ।
प्रधानमन्त्री भट्टराईले चैत्र २१ को सहमति लागू हुनासाथ राजीनामा दिने समेत उनले स्पष्ट पारे ।
पूर्व जनमुक्ति सेना नेपालका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल वलदेव ले कुनै दलले हात थाप्दैमा सत्ता प्राप्त गर्न नसक्ने बताए ।
एनेकपा माओवादी राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य डिलाराम आचार्यले राष्ट्रिय सहमति कुर्सीमा खोज्ने कार्य भएकोले निकास निस्कन नसकेको बताए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादीका सेती महाकाली इाचार्ज गिरिधारीलाल न्यौपाने हिमकला गैरे ठाकुर बि.क लगायतले बोलेका थिए ।
सो अवसरमा विभिन्न कलाकारहरुले गीत नृत्य तथा हाँस्य व्यंग्य प्रस्तुत गरेका थिए ।
अर्घाबाट गरिएको लाईभ अडियोमा:-
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।