– वीरेन्द्र केसी
अर्घाखाँची – प्रधानमन्त्री बाबुराम भट्टराईले आफनै नेतृत्वमा राष्टिय सहमतीको सरकार गठन गरी नयाँ निर्वाचन गराउनुको विकल्प नभएको बताएका छन । उनले नयाँ सरकार बनाउन कानुनी आधार नभएकाले सरकारको नेतृत्व फेर्न नमिल्ने बताए ।
उनले दलहरुबीच घनीभुत रुपमा छलफल भैरहेको र तिहारपछि सहमती बन्ने र सरकारको नेतृत्व आफुले गर्ने दावी गरेका छन । एमाओवादीले अर्घाको मसुरपाटामा आयोजना गरेको विशाल जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले अन्तरिम संविधान अनुसार गठन भएको सरकार र संविधानसभा भंग भएकाले अर्को सरकार गठन गर्ने वैधानिक कानुनी बाटो नभएकाले अब बन्ने दलहरुबीच सहमतीको सरकार आफनो नेतृत्वमा भन्दा अरु विकल्प नभएको बताए । संसद पुनस्थापना गरेर जेठ १४ गतेसम्म सहमती हुन वाँकी रहेका बुँदामा सहमती गरेर संविधान निर्माण गर्नुको विकल्प छैन उनले भने अहिलेको उत्तम विकल्प नै यही हो । उनले दलहरुबीच आफनै ढिपी भन्दा पनि साझा सहमती गरेर अगाडी बढनुपर्ने बताए । हामी सबै एउटै डुंगामा छौ यसलाई कसैले प्वाल पार्न खोजे सबै डुब्छौ त्यसैले सहमती गरी निकास दिनुपर्ने पहिलो आवश्यक हो उनले भने काग्रेस एमालेले खाली प्रधानमन्त्रीले राजीनामा दे भन्दैमा निकास निस्कदैन । निकास ननिस्कीदै आफुले राजीनामा दिने कल्पना पनि गर्न नसकीने बताए ।
उनले अहिले संविधान सभा पुनस्थापना गरेर संविधान बनाउने र व्यवस्थापिका नभएकाले संवैधानिका कानूनी बाधा खोजेर सहमतीय सरकार बनाएर चुनावमा जाने दुई वटा विकल्प बाहेक अरु नभएको बताए । एमाओवादीका उपध्यक्ष समेत रहेका भटराईले काग्रेस एमालेले विकल्पका एजेण्डाहरु पनि नल्याउने खाली सरकार छाड भनेर विरोध गर्नु उचित नभएको बताए । उनले विरोध गर्नु छाडेर प्याकेटमा सहमती गरी चैत वैशाखमा चुनाव गराएर ताजा जनादेशमा जानुपर्ने बताए । उनले काग्रेस एमालेले रिस र आवेगमा आएर सरकार छाड भनेर विरोध गर्नु देशलाई अन्धकारतर्फ धकेल्न खोज्नु भएको बताए । उनले काग्रेसले प्रधामन्त्री खोजेर सत्ता कब्जा गर्न खोजेको आरोप लगाए । रदेशमा भष्टचार र सुशासन कायम गर्न २ सय १ बुँदे कार्ययोजना ल्याएका छौ उनले भने गरिबीको पहिचान गरी परिचय पत्र दिने थालनी भएको छ । स्वदेशी र विदेशी पुजीलाइ सहज बनाउन लगानी बोर्डको गठन गरी राष्टिय महत्वको परियोजना कार्यन्यवनको क्रममा भएके बताउँदै सीप युक्त युवालाई वर्षमा कम्तिमा एक सय दिन रोजगारीको ग्यारेन्टी गर्न नसकेमा बेरोजगारी भत्ता दिने विधेयक अध्यादेशबाट ल्याउन खोजेपनि राष्टपति स्वीकृत भएन । उनले् आफेले १० वर्ष शासन गर्न पाएमा देशमा बेरोजगारी हटने दावी गरे ।
कार्यक्रममा शान्ति मन्त्री टोपबहादुर रायमाझीले आर्थिक क्रान्ति र पुर्वाधार सहितको विकास गर्न खोजेको बताए । उनले दसैको नवमीको दिन हंसपुरको वामारुकमा भएको घटना एमालेको षडयन्त्र भएको बताउँदै कानुनी शासन आफनो हातमा गुण्डागीर्दी गर्न खोजेको बताए । उनले एमाले देशव्यापी रुपमा घाईते बाध जस्तै भएको आरोप लगाए ।
कार्यक्रममा माओवादी पोलिटब्यरो सदस्य लिलामणी पोखरेलले राष्टपति सकि्रय हुन खोज्नु राम्रो संकेत नभएको बताए । उनले राष्टपति खोपीका देउता भएकाले मन्त्रीपरिषदले सिफारिस गरेका अध्यादेश रोक्ने अधिकार नभएको बताए । माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्र प्रकाश खनाल वलदेवले कुनै दलले हात थाप्दैमा सत्ता प्राप्त गर्न नसक्ने जिकिर गरे । अर्का पोलिटब्युरो सदस्य डिलाराम आचार्य र गिरीधरीलाल न्यौपानेले छलफलबाट सहमती भन्दा कुर्चीमा सहमती खोज्दा निकास ननिस्कने बताए ।