मानव विकाससम्बन्धी आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा शुरु

काठमाडौं  । मानव विकाससम्बन्धी आठौं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौमा शुरु भएको छ । पाँच दिनसम्म चल्ने सम्मेलनमा मानव विकासको विश्वब्यापी अवस्था विश्लेषण गर्दै भावी रणनीति तयार पारिने आयोजकहरुले जनाएका छन् ।


सम्मेलनको उद्घाटन गर्दै एमाले अध्यक्ष झलनाथ खनालले लोकतन्त्र विना आर्थिक उन्नति सम्भव नहुने भएकाले नेपालमा जारी गतिरोध चाडै अन्त्य गरी नयाँ संविधान लेख्नुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा द इन्स्टिच्युट अफ कल्चरल अफेयर्स (आइसीए) का अन्तर्राष्ट्रिय अध्यक्ष ल्यारी फिलब्रुकले हरेक चार वर्षमा हुने यस सम्मेलनबाट आउने सुझावहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा कार्यान्वयन गर्ने तर्फ पहल गरिने जानकारी पनि दिए ।


३० वर्षदेखि हरेक चार वर्षमा यो सम्मेलन हुदै आएको छ । सम्मेलनमा ३० देशका दुई सय ५० जनाको सहभागिता छ । रासस