युक्रेनमा सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भिक्टोर यानुकोभिचको पार्टीले जितेको दाबी

युक्रेनमा हालै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति भिक्टोर यानुकोभिचको पार्टीले जितेको दाबी गरेको छ । पार्टी अफ रिजन्सका अधिकारीहरुले युक्रेनी जनता वर्तमान राष्ट्रपति प्रति विश्वस्त रहेको जनाउँदै जितको दाबी गरेको हो ।


तर, संसदको ४ सय ५० सीटका लागि भएको निर्वाचन अघिका सर्वेक्षणहरु भन्दा प्रारम्भिक मत परिणाम फरक देखिएको छ । इलेक्टोरोल प्रणालीको जटिलताका कारण अन्तिम परिणाम भने ढिला हुने अधिकारीहरुले बताएका छन् ।
िनर्वाचनमा पर्यवेक्षणका लागि पुगेका अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुको उपस्थितिले राष्ट्रपति यानुकोभिजको प्रजातन्त्र प्रतिको विश्वसनियता बढाउन मद्धत पुग्ने विश्लेषण गरिएको छ ।


पश्चिमा मुलुकहरुले विपक्षी नेता युलिया ताइमोशेन्कोलाई थुनेको भन्दै यानुकोभिजको आलोचना गरेका छन् । तर, राष्ट्रपतिले भने युलियालाई स्वतन्त्र न्यायालयले दोषी ठहर गरेको बताउदै आएका छन् ।

 

– एजेन्सी