LIVE: अमेरिकामा स्याण्डी नामक समुन्द्री आंधीले धेरै धनजनको क्षति, ४० जनाको मृत्यु, जनजीवन टप्प
कार्तिक १५ गते, २०६९ मा प्रकाशित
LIVE: मेरिल्याण्ड , न्यूयोर्क, पेन्सेलभेनिया, भर्जिनिया र राजधानी वासिंङटन डिसीबाट प्रत्क्षय भिडियो लाईभ। अमेरिकाको उत्तर पूर्वी क्षेत्रमा “सैन्डी” नामक समुद्री आंधीले जनजीवन प्रभावित भएको छ।
अमेरिकामा स्याण्डी नामक समुन्द्री आंधीले धेरै धनजनको क्षति गरेको छ । स्याण्डी आंधीमा परी कम्तिमा ४० जनाको मृत्यु भएको छ भने अर्बो डलर बराबरको क्षति भएको छ ।
धेरै मानिसहरुको मृत्यु सडकका रुखहरु ढलेर थिच्दा भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । बाह्र राज्यका असी लाख जनता विजुलीबाट बंचित बनेका छन् भने न्युर्योकलगायतका शहर जलमग्न छन् ।
दैनिक पचास लाख मानिसहरु ओहर दोहर गर्ने न्युयोर्कको मेट्रो सववेमा पानी भरिएकाले आवागमन टप्प भएको छ । स्याण्डीको कारण न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालय समेत बन्द भएको छ । न्युयोर्कमा विजुली गडबडीका कारण ८० घर जलेर नष्ट भएको छ ।
न्ययोर्क स्टक एक्सचेन्स समेत दुई दिनदेखि बन्द भएको छ । बाह्र हजार भन्दा बढी हवाई उडानहरु स्थगित गरिएका छन् । आंधी प्रभावित राज्यहरुमा आपत्कालीन स्थितिको घोषणा गरिएको छ । अमेरिकामा रहेका नेपालीहरु आंधीमा परे नपरेकोे बारे कुनै खवर प्राप्त भएको छैन् ।