भारतको पूर्वी तटमा नीलम नामक चक्रवाती आँधीबाट कम्तिमा सात जनाको मृत्यु

भारतको पूर्वी तटमा नीलम नामक चक्रवाती आँधीबाट कम्तिमा सात जनाको मृत्यु भएको छ । भारतको चेन्नईमा आंधी अघिको तुफानले विनाशलीला मच्चाइरहेको छ ।

 

भारी बर्षासँगै आएको तुफानले चेन्नइका कयौं स्थानमा विद्युत सम्पर्क टुटेको छ भने हवाई अड्डा बन्द गरिएको छ । चेन्नईको तटीय क्षेत्रमा तुफान चलिरहेको बेला ८० यात्रु रहेको जहाज समुन्द्रको बीचमा फसेको छ । पेट्रोलियम पदार्थ बोकेको पानि जहाज पनि समुद्रमा फसेको खबर छ । उद्धार कार्यमा खटिएका १४ जना रहेको जहाज डुब्दा ५ जना मारीएका छन्भने अन्य हराईरहेका छन् ।

 

भारतको तमिलनाडु र दक्षिणी आन्ध्र प्रदेशमा आंधीको बढी प्रभाव पर्नसक्ने आकलन गरिएको छ । बंगालको खाडीबाट उठेको चक्रवाती आँधीले भारतको समुन्द्र तटीय क्षेत्रमा असर परेको हो । तमिलनाडुमा उच्च सतर्कताका साथ सेना तैनाथ गरिनुका साथै आँधी प्रभावितहरुलाई व्यवस्थापन गर्न सुरक्षित स्थानको पहिचान गरिएको छ ।

 

– Agencies