एमाओवादी शिक्षामन्त्री दिननाथ शर्मालाई सिन्धुपाल्चोकमा कालो झण्डा

सिन्धुपाल्चोक  । सिन्धुपाल्चोक सदरमुकाम चौतारा पुगेका शिक्षामन्त्री दिननाथ शर्मालाई आज नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन् । सदरमुकाम चौतारामा निर्माण गरिएको स्थानीय वनदेवी माविको दृष्टिविहिन भवन उद्घाटन गर्न गएका मन्त्री शर्मालाई नेविसघंका कार्यकर्ताहले नारबाजी गर्दै कालो भण्डा देखाएका हुन् । उनीहरुले सरकार र मन्त्री विरुद्ध चर्का नारबाजी समेत लगाएका थिए ।


कालो भण्डा देखाउने क्रममा विद्यार्थी र प्रहरीबीच केहीबेर झडप समेत भएको थियो । प्रहरीले कालो झण्डा देखाउने नेविसघं जिल्ला सचिव युधिर पौडेलसहित ६ जनालाई नियन्त्रणमा लिएको छ ।

 

यसैबीच, उद्घाटन कार्यक्रममा मन्त्री शर्माले आगामी तीन वर्ष भित्र नेपालबाट निरक्षर उन्मुलन गर्ने बताउनुभएको छ । शिक्षकहरुको समस्या समाधान गर्नका लागि छिट्टै कानुन संसोधन गरेर समाधान गर्ने उहाँको भनाई थियो ।

 

– RSS