काठमाडौं, कार्तिक १७ । राजनीतिक सहमतिको लागि दलहरुलाई दबाब दिदै आउनुभएका राष्ट्रपति डा. रामवरण यादवले आज चार शक्तिका शीर्ष नेताहरुसँग सामूहिक छलफल गर्नुभएको छ । दलहरु आफैले तोकेको समयसिमाभित्र सहमति खोज्न असफल भएपछि राष्ट्रपतिले एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेतालाई छलफलका लागि आज शितल निवास बोलाउनु भएको हो ।
पछिल्लो समय वजेट ल्याउने विषयमा प्रमुख दलहरुवीच सहमति बन्न नसक्दा मुलुकको अर्थतन्त्र कमजोर बन्नुको साथै कात्तिक मसान्तसम्ममा वैकल्पिक व्यवस्था नभए सरकारी शिक्षक र सुरक्षाकर्मीहरुको तलब तथा अन्य अत्यावश्यक सेवाका खर्चहरु प्रभावित हुनेछन् । यसै विषयमा सहमति गराउन पनि राष्ट्रपतिले भेटघाट र सामूहिक छलफललाई तिव्रता दिनुभएको हो ।
RSS