नेकपा एमालेका प्रभावशाली स्थायी समिति सदस्य केपी शर्मा ओली फेरि अस्वस्थ्य भएका छन् । किड्नी ट्रान्सप्लान्ट गरेका ओली नियमित उपचारमा बाट स्वस्थ्य रहे पछि केही समयअघिको अमेरिका भ्रमणको क्रमदेखि उनी अस्वस्थ्य रहदै आएका थिए । पछिल्लो समयमा घरमै आराम गरिरहेका ओलीको स्वास्थ्य गंभिर बनेपछि आज उनलाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य गंभिर रहेको बताईएको छ । ओलीको स्वास्थ्य स्थीति बुझ्न एमाले अध्यक्ष झलनाथ खनाल अस्पताल पुगेका छन् ।
Source:Rss