ललितपुर । तीन ठूला दल र मधेशी मोर्चाबीच आगामी वैशाखसम्ममा चुनाव गर्ने सहमति भएको छ । राजनीतिक गतिरोधको निकास खोज्ने प्रयासमा ललितपुरको ठेचोंस्थित एक घरमा बसेको मुख्य दलहरुको बैठकमा चुनावमा जाने सहमति जुटेको हो ।
दलहरुबीच आगामी चुनावमा प्रत्यक्षतर्फ २ सय ४० निर्वाचन क्षेत्र कायम गर्ने सहमति समेत भएको छ । बैठकपछि नेताहरुले चुनावमा जाने सहमति भए पनि सरकार गठनबारे भने सहमति जुट्न नसकेको वताए ।
दलहरुबीच सरकार गठन र बजेटबारे अनौपचारिक छलफलपछि फेरि बैठक बस्ने सहमति भएको छ । बैशाखमा चुनाव गर्नेमा सहमति बने पनि राष्ट्रिय सहमतिको सरकार गठन लगायतका विषयमा दलहरुबीच मतभेद कायमै छ ।