बिहान पोखरीमा डुबिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबरलगत्तै प्रहरी चौकी बसाहाबाट गएको टोलीले उद्धार गर्न खोज्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी निरीक्षक श्रीकृष्ण पौडेलले बताए। बिहानै मृत भेटिएकाले उनको अघिल्लो राति नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ। स्थानीयका अनुसार राति मादक पदार्थ सेवन गरेर बेहोसीमा पौडी खेल्ने क्रममा वा कुनै दीर्घरोगका कारण उनको डुबेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।