अमेरिका । अमेरिकाको उत्तरपूर्वी राज्यहरुमा स्याण्डी नामक समुन्द्री आँधीबाट मर्नेको संख्या एक सय नाघेको छ । आधीका कारण अर्बौअर्ब डलर बराबरको भौतिक क्षति भएको छ । अमेरिकाको कयौ राज्यमा भिषण आँधी र अबिरल बर्षा हुँदा ती व्यक्तिहरुको ज्यान गएको हो । ४० जनाको मृत्यु भएको शहर न्यूयोर्कमा म्याराथन प्रतियोगिता पनि स्थगित गरिएको छ ।
स्याण्डीले शहरलाई अस्तव्यस्त बनाएकाले यस्तोमा म्याराथन सार्नैपर्ने बाध्यता परेको मेयर माइकल ब्लुमबर्गले बताएका छन् । विश्वकै चर्चित र ठूलो मध्येको एक न्युयोर्क म्याराथनमा यो वर्ष ४७ हजार धावक सहभागी हुने तय भएको थियो । यसअघि राष्ट्रपति बाराक ओबामाले आँधी प्रभावित क्षेत्रको भ्रमण गरी वस्तुस्थितिको जानकारी लिनुभएको छ ।
– Agencies