एमाले केपी शर्मा ओलीलाई थप उपचारका लागि भारतमा

एमाले नेता केपी ओलीको स्वास्थ्य अवस्था नाजुक

 

 काठमाडौं  । स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार नभएपछि नर्भिक अस्पताल थापाथलीमा उपचाररत एमाले नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि भारत लगिदैछ । आज दिउँसो २ बजे ओलीलाई भारतको नयाँ दिल्ली लगिदै छ । उहाँको नयाँ दिल्लीमा स्वीट मेदान्त अस्पतालमा उपचार हुनेछ । लगातारको रुघाखोकी र ज्वरोले छातिमा संक्रमण भएपछि उहाँलाई हिजो साझ अस्पतालमा भर्ना गरिएको थियो ।


फोक्सोमा पानी जमेको र रगतमा अक्सिजनको मात्रा अति कम भएपछि उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । एमाले महासचिव इश्वर पोखरेलले ओलीको स्वास्थ्य अवस्थामा सुधार भएपनि केही परिक्षण नेपालमा सम्भव नभएकाले भारत लैजान लागिएको जानकारी दिनुभयो । ओलीको स्वास्थ्य अवस्थाबारे आज विहान प्रधानमन्त्री डा.बाबुराम भट्टराईले जानकारी लिनु भएको थियो ।


यसैगरी कांँग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतका नेता कार्यकर्ताले पनि ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेता ओलीलाई अस्पताल भर्ना गरिएको खवरसँगै उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन हिजो साझ देखि नै ठूलो संख्यामा एमाले नेता कार्यकर्ता नर्भिक अस्पतालमा पुगेका छन् । केहि साताअघि अमेरिकामा रहँदा पनि अस्वस्थ भएपछि ओलीले त्यही स्वास्थ्य परिक्षण गराउनु भएको थियो । केहि वर्ष अघि ओलीमा दुबै मृगौला प्रत्यारोपण गरिएको थियो ।

 

RSS