काग्रेस अर्घाको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

– प्रेमनारायण आचार्य


अर्घा, अर्घाखाँची । अर्घाखाँचीको अर्घा गाविसमा नेपाली काग्रेस गाउँ कार्य समितिको आयोजनामा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


    कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले नेपालमा लोकतन्त्र, गणतन्त्र आएको भए पनि लोकतान्त्रिक संरचना भने ध्वस्त रहेको बताउनु भएको छ ।

 

उहाले देश दलदलमा फस्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ । वर्तमान गठबन्धन सरकारको कारण संक्रमण काल लम्बिएकोले समस्या जटिल बन्दै गएको उहाँले आरोप समेत लगाउनुयो । सहमति विना अगाडी बढ्न नसकिने बताउँदै नेता भुसालले सहमतिको बाधक भनेको सरकार भएको तर्क गर्नुभयो ।


कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले अर्घाखाँचीको बिकास निर्माणमा नेपाली काग्रेसको भुमिका महत्वपुर्ण रहेको बताउदै बिकासका लागि काग्रेसको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

 

कार्यक्रममा काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, जिल्ला सदस्य गोपाल भुसाल, पुर्ब क्षेत्रिय सभापति केसब कुवर, काग्रेस अर्घाका नेता नारायण  चुदाली, क्षेत्रिय प्रतिनिधि सकुन्तला भुसाल, शिक्षक संघका पशुपति आचार्य, नेपाल पत्रकार महासंघका जिल्ला सचिब प्रेमनारायण आचार्य, नेबिसंघका जिल्ला कोषाध्यक्ष नेत्रप्रसाद भुसाल, नेबिसंघका बिष्णुप्रसाद आचार्य, केसब आचार्य, जनजाती संद्दका राजकुमार श्रेष्ठ, स्वास्थ्य कर्मि संघका जीबनारायण मरासिनी, लगायतले मन्तब्य राखेका थिए ।


कार्यक्रम काग्रेस अर्घाका सभापति जगेन्द्रबहादुर खड्काको अध्यक्षता, सचिब धर्मराज पोख्रेलको संचालन र रिता आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।





अन्य समाचारहरु