भक्तपुर । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पार्टी निर्णयको विरोध गर्ने पूर्वसभासद्लाई कारबाही गर्ने चेतावनी दिएका छन् । भक्तपुरमा शनिबारदेखि सुरु भएको नगरसभापति भेलामा कोइरालाले पार्टी निर्णय विरुद्ध नलाग्न पूर्वसभासद्हरुलाई आग्रह गरे । संविधानसभा पुनःस्थापनाको विकल्प बन्द गर्दै केन्द्रीय समितिले नयाँ निर्वाचनमा जाने निर्णय गरेको भोलिपल्टै ७८ सभासद्ले विरोधमा विज्ञप्ती जारी गरेका थिए ।