भारत । भारतका अधिकांश शहरमा डेंगुका विरामीको संख्या वढेपछि उच्च सतर्कंता अपनाइएको छ । राजधानी नयाँ दिल्ली लगायत अधिकांश शहरका अस्पतालमा डेंगुका विरामीको भीड लागेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
गत महिनादेखि फैलिएका डेंगुका रोगीको संख्या एक हजार नाघेको भारतीय चिकित्सकहरुले जनाएका छन् ।
बढ्दो गर्मीसंगै फैलिएको डेंगु रोकथामका लागि घरवरपरको वातावरण सफा राख्न र लामखुट्टेको टोकाईबाट बच्न भारतीय चिकित्सकहरुले सर्वसाधारणलाई अपील गरेका छन् ।
लामखुट्टेको टोकाईबाट फैलिने डेंगुका बिरामीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, आँखा वरिपरिको भाग र मांसपेशीहरु दुख्ने लगायतका लक्षण देखिने गर्छ ।
– Agencies