डडेल्धुरा । डडेल्धुराको टीम अस्पतालमा उपचारको क्रममा रहेकी एक महिलाको मृत्यु भएपछि स्थानीयवासीले अस्पतालबिरुद्ध प्रदर्शन गर्दै डा. के आई सिंह राजमार्ग ठप्प पारेका छन् ।
सर्पको टोकाईबाट गम्भीर रहेकी डोटी वनलेक ५ की २० बर्षिया बिन्नादेवी धामीको प्रसूती गराउने क्रममा मृत्यु भएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । उनको बच्चा भने सकुशल छ । प्रसूतीको क्रममा बढी रक्तश्राव हुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
स्थानीयवासी भने २० बर्षसम्म बच्चाको जिम्मा अस्पतालले लिनुपर्ने भन्दै शव नै नबुझी प्रदर्शनमा उत्रिएका हुन् ।
– RSS