चिनियाँ कांग्रेसको महाधिवेशनलाई ध्यानमा राखेर नेपाली सर्वसाधारणलाई चीन प्रवेशमा रोक

काठमाडौं । चिनियाँ कांग्रेसको महाधिवेशनलाई ध्यानमा राखेर आजदेखि नेपाली सर्वसाधारणलाई चीन प्रवेशमा रोक लगाईएको छ । अध्यागमन कार्यालय कोदारीले चीन सरकारको अनुरोधमा आगामी मंसिर १० गतेसम्मका लागि सर्वसाधारणलाई प्रदान गर्दै आएको एक दिने प्रवेश अनुमति पत्र जारी नगर्ने जानकारी दिएको हो ।


दुवै मुलुकका सीमा अधिकारीहरुबीच भएको बैठकमा चिनियाँ पक्षले गरेको अनुरोधका आधारमा प्रवेशमा रोक लगाईएको अध्यागमन प्रमुख जगन्नाथ शर्माले जानकारी दिए ।


दोलखा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका सीमा क्षेत्रका अधिकारीको उपस्थितिमा हिजो खासामा बैठक बसेको थियो । चिनियाँ कांग्रेसको महाधिवेशन कार्तिक २३ देखि सुरु हुंदैछ । 

 

– RSS