राजमो अर्घाखाँचीको आयोजनामा ढाकावाङ्ग विरोध सभा कार्यक्रम सम्पन्न, संविधान सभामा जानुको विकल्प नभएको महासचिब सन्त बहादुर नेपालीको भनाई

ढाकावाङ्ग, अर्घाखाँची । राष्ट्रिय जनमोर्चा जिल्ला समिति अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गा.वि.स.को पिपलनेटामा कार्तिक २० गते विरोध सभा कार्यक्रम सम्पन्न भएको छ ।

 

राष्ट्रिय जनमोर्चा केन्द्रिय समितिको बैठकले कार्तिक १५ देखि ३० गते सम्म जिल्ला स्तरीय विरोध सभा आयोजना गर्ने निर्णय अनुसार सो विरोधसभा आयोजना गरिएको हो ।

 

सभामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिब सन्त बहादुर नेपालीले वर्तमान सरकारलाई अन्दोलनको वलवाट खारेज गरी राष्ट्रिय सहमतिको सरकार  गठन गरि संविधान सभामा जानुको विकल्प नभएको वताउनु भयो । विशिष्ट अतिथी राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य सागर के.सीले जनताले सिटामोल पाउदैनन् तर प्रधानमन्त्रि एउटा सामान्य सास्कृतिक कार्यक्रममा १६ लाख खर्च गरेर भम्रण गर्दछन् ।

 

यस्तो सरकार हामीलाई चाहिदैन भन्नु भयो । अन्य बक्ता हरुमा राष्ट्रिय जनमोर्चा केन्द्रिय वैकल्पिक सदस्य झविलाल थापा तथा युवक संघ केन्द्रिय सदस्य वावुराम पन्थिले पनि यो सरकार दिनप्रतिदिन फासिष्ट वन्दै गईरहेको वताउनु भयो ।

 

बुद्धि थापाको अध्यक्षता चुडामणि भुसालको सञ्चालन तथा वावुराम खनालको स्वागत वाट सुरु भएको सो सभामा रक्तिम सास्कृतिक परिवारका कलाकारहरुले विभिन्न रोचक कार्यक्रम प्रस्तुत गरेका थिए । 

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।






 


अन्य समाचारहरु