काठमाडौं – नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सरकारले जवरजस्ती बजेट ल्याए दलहरुबीच बन्न लागेको सहमतिको बातावरण तोडिन सक्ने चेतावनी दिनुभएको छ ।
कोइरालालाई भेट्न महाराजगञ्ज पुग्नुभएका अर्थमन्त्री पुनले बजेटका लागि सहयोग गर्न आग्रह गरेपनि कोइरालाले यस्तो जवाफ दिनुभएको हो ।
कोइरालाले राजनीतिक सहमतिपछि मात्र बजेट ल्याउन उपयुक्त हुने सुझाव पुनलाई दिनुभएको थियो । अर्थमन्त्री पुनले भने बजेट नआए आर्थिक संकट पर्ने भन्दै सहयोग गर्न कोइरालासँग आग्रह गर्नुभएको थियो ।
आफूले बजेटलाई राजनीतिक मुद्दा नबनाउन कोइरालासँग आग्रह गरेको पनि पुनले बताउनुभयो । अर्थमन्त्री पुनले आफूले राष्ट्रपतिलाई विवादमा तानेको भन्ने हल्ला निराधार भन्दै राष्ट्रपति र सरकार दुई वटै संस्था मिलेर अगाडि बढेमात्र मुलुकले निकास पाउने बताउनुभयो । यसैबीच आजै कांग्रेस