भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भीषण वर्षापछि आएको बाढीका कारण १ लाख भन्दा बढी मानिस घरवारविहिन

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा भीषण वर्षापछि आएको बाढीका कारण १ लाख भन्दा बढी मानिस घरवारविहिन भएका छन् । अधिकारीहरुका अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या २५ नाघेको छ भने १५ सय घर ध्वस्त भएका छन् ।


उद्धार टोलीका सदस्यहरुले बाढीमा फसेका २ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएका छन् । राज्य सरकारद्धारा सञ्चालित सय वटा उद्धार क्याम्पहरुमा ९५ हजार मानिसलाई राखिएको छ ।


भीषण वर्षाका कारण आन्ध्र प्रदेशका छ जिल्लामा अझै पनि जनजीवन सामान्य बन्न सकेको छैन । हजारौ हेक्टर जमिनमा लगाइएको बालिनाली नष्ट भएको छ ।


गत साताको समुन्द्री आँंधी निलमपछि आन्ध्र प्रदेशमा भीषण वर्षा भएको हो । प्रति घण्टा सय किलोमिटरका गतिले आएको आँंधीका कारण १० जना भन्दा बढीको मृत्यु भएको थियो ।

एजेन्सी ।