रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भ्रष्टाचार काण्डमा मुछिएका आफ्ना रक्षामन्त्री अनातोली सर्देउकोभलाई पदबाट हटाएका छन् । राष्ट्रपति पुटिनले वस्तुगत अनुसन्धानका लागि सर्देउकोभलाई पदबाट हटाएको बताएका छन् । उनको स्थानमा पूर्व आपतकालीन व्यवस्था सम्बन्धि मन्त्रीलाई नियूक्त गरिएको छ ।
रुसी उच्च अनुसन्धान निकायले सर्देउकोभको सम्पत्ति मूल्यांकन गरिरहेको बताइएको छ । गत महिना मात्र रक्षा मन्त्रालयको फर्ममा छापा मारी त्यहाँको सम्पत्ति सय मिलियन डलर नोक्सान हुने गरी बेचेको सम्बन्धमा अनुसन्धान शुरु गरेको थियो ।