चीनमा यो दशककै चर्चित मानिएको बो सिलाई काण्डसँग जोडिएका बेलायती व्यापारी नील हेईउडका सम्बन्धमा नयाँ तथ्य खुलासा भएको छ । चीनमा मारिएका हेईउडले मारिनु अघि बेलायतको गुप्तचर निकायलाई गोप्य जानकारीहरु दिने गरेको अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले दाबी गरेको छ ।
हेइउड सन् १९९० देखि चीनमा बस्दै आएका थिए । पत्रिकाले चीनका उच्च राजनीतिज्ञ बो सिलाईकाबारे बेलायती गुप्तचर निकाय एम सिक्स्टिनका अधिकारीहरुलाई लगातार जानकारी दिने गरेको दाबी गरेको छ ।
बेलायती विदेश विभागका अधिकारीहरुले भने गुप्तचरीको विषय भन्दै पत्रिकाको दाबी सम्बन्धमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको बताइएको छ । गत अप्रिलमा बेलायती विदेशमन्त्री विलियम हेगले भने हेईउड कुनै पनि हिसाबले सरकारी कर्मचारी नरहेको प्रतिक्रिया दिएका थिए ।
गत अगष्टमा बो की श्रीमती कु खाई र पूर्व प्रहरी प्रमुख वाङ लिचुनलाई हेईउडको मृत्युमा दोषी पाइएपछि जेल सजाय सुनाइएको थियो ।