काग्रेस अर्घाखाँची अभियान लिएर गाउँ गाउँमा

– प्रेमनारायण आचार्य

 

अर्घाखाँची  २२ कात्तिक । अर्घाखाँचीका बिभिन्न गाविसहरुमा नेपाली काग्रेसको आयोजनामा  अन्तरक्रिया , प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

 

जस अन्तर्गत वांगला, चिदीका, बल्कोट, केरुंगा, छत्रगञ, ठुलापोखरा, डिभर्ना लगायतका गाविसमा अन्तरक्रिया , प्रशिक्षण तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

 

कार्यक्रममा मन्तब्य राख्दै नेपाली काग्रेसका पुर्ब केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले नेपालमा लोकतन्त्र, गणतन्त्र आएको भए पनि लोकतान्त्रिक संरचना भने ध्वस्त रहेको बताउनु भएको छ ।

 

उहाले देश दलदलमा फस्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभएको छ । वर्तमान गठबन्धन सरकारको कारण संक्रमण काल लम्बिएकोले समस्या जटिल बन्दै गएको उहाँले आरोप समेत लगाउनुयो । सहमति विना अगाडी बढ्न नसकिने बताउँदै नेता भुसालले सहमतिको बाधक भनेको सरकार भएको तर्क गर्नुभयो ।

 

कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति कमलप्रसाद भुसालले अर्घाखाचीको बिकास निर्माणमा नेपाली काग्रेसको भुमिका महत्वपुर्ण रहेको बताउदै बिकासका लागि काग्रेसको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा काग्रेसका जिल्ला उपसभापति हरिहर आचार्य , सचिब लोकेन्द्र बिक, जिल्ला सदस्य भोजबहादुर बस्नेत , क्षेत्रिय प्रतिनिधि माधब भुसाल लगायतले मन्तब्य राखेका थिए ।


 वांगला, चिदीका, बल्कोट, केरुंगा, छत्रगञ, ठुलापोखरा, डिभर्ना लगायतका गाविसमा भएको कार्यक्रमहरुमा काग्रेस चिदिकाका सभापति रामप्रसाद अर्याल, छत्रगञ्जका सचिब  टोपलाल पाण्डे, ठुलापोखराका सभापति  कृष्ण पौडेल, डिभर्नाका सभापति रामबहादुर बस्याल, लगायतले मन्तब्य राखेका थिए ।

 

 




Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।




अन्य समाचारहरु