शर्टकट्

–  अ के ला
 
आज आरोग्यता कुरा, यानी स्वास्थ्य-सरोकारका कुरा । आहारु र विहारु पृथक पृथक शब्द हुन् तापनि एक अर्का विना अधुरा, अपुरा यी दुई शव्दवारे बिचारप्रधान विश्वमा ठेलागाडामै नअटाउने कितावहरु लेखिएका छन्, छापिएका छन् र पढिएका पनि छन् । तर के आजसम्म यी दुई शव्दमा मानिसहरु बीच चोचोमोचो मिल्नसकेको छ ? के योभन्दा ठूलो बठ्याईँ र बिठ्याईँ अर्को कुनै हुनसक्छ बिचारप्रधान समाजमा ?


समाजमा बहुसंख्यक महिला तथा सज्जनहरु यस्ता पनि हुन्छन्, जसले आहारु र विहारु लाइ अलग अलगै हिसावले बुझ्ने गर्दछन् र बिरलैले मात्र यी दुई शव्दलाइ एकैसाथ प्रयोग गर्ने गर्दछन् । आखिर हुन् त यी आरोग्यताका नातेदार शव्द नै, जुन एक अर्का बिना अधुरा