– आस्था केसी
दाङ, २१ कार्तिक । राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको एकीकृत नेकपा माओवादी दाङले विभिन्न गाविस र नगरपालिकामा गाउँ तथा नगर सम्मेलन जारी राखेको छ । जसअनुसार घोराही नगर सम्मेलनले प्रमोद शर्मा अध्य6 र सिर्जना मगर सचिव रहेको २१ सदस्यीय नगर कमिटी चयन गरेको छ । जसका सदस्यहरुमा बालिका शर्मा, रमेश घिमिरे, तुलप्रसाद घिमिरे, दिनेश श्रेष्ठ, दयाजी रोका, कृतिमान पुन, ईश्वर बादी, साउने नेपाली, ओबिन्द्र महरा, शशि बेल्बासे, अमृत श्रेष्ठ, शंकर चौधरी, फणिन्द्र केसी, सिर्जना थारु, तिलक थापा, सतबहादुर रोका, लक्ष्मण बुढा र वसन्त गुप्ता रहेका छन् । एक सदस्य अपांगताको क्षेत्रबाट पछि थपिने अध्यक्ष शर्माले जानकारी दिए ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य सुषमा शर्मा घिमिरेले नेपालमा नेपाली मौलिकतामा क्रान्ति सम्पन्न हुने बताइन् । एमाओवादी घोराही नगर संयोजक प्रमोद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जबस