राष्ट्रपति र प्रधानमन्त्रीवीच भेटवार्ता सुरु

प्रतिपक्षी दलहरुले लिखित रुपमै सरकारले ल्याउने बजेट अनुमोदन नगर्न आग्रह गरे लगत्तै प्रधानमन्त्री डा बाबुराम भट्टराईले बजेट अनुमोद गर्न दवाव दिने राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपति कार्यालय सितलनिवासमा जारी भेटवार्ता मा मुख्य रुपमा प्रधानमन्त्रीले आफूहरुको समर्थनमा संविधानसभामा प्रतिनिधित्व गर्ने बहुमत दल रहेको अवस्थामा दश वटा दलले मात्रै आग्रह गर्दैमा बजेट रोक्न नमिल्ने त्यस्तै मुलुकलाई बजेटको आवश्यकताको विषयमा ध्यान आर्कषण गराउँदै बजेट अनुमोदनकोलागी दवाव दिने बताईएको छ ।

 

 

Source:Rss