चीनमा दश बर्षपछि चिनियां कम्युनिष्ट पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्न सर्वोच्च निकाय चिनियां जन कांग्रेसको १८ औं सम्मेलन शुरु भएको छ । राष्ट्रपति हु जिन्ताओले आज ग्रेट हल अफ पिपुल्समा भव्य समारोहकाबीच सम्मेलनको उद्घाटन गर्नुभयो ।
राष्ट्रपति हु जिन्ताओले सम्मेलनमा दश बर्ष सम्म भएका उपलब्धि र आगामि दिनका कार्य योजना प्रस्तुत गर्नुभएको छ । उहांले आफ्नो देश आधुनिक र संमुन्नत समाज निर्माणको महत्वपूर्ण चरणमा रहेकाले आर्थिक सुधार र परिवर्तनका मुद्दाहरुलाई सम्मेलनले निकै महत्वका साथ उठाउने आशा ब्यक्त गर्नुभएको छ । राष्ट्रपति हुले भ्रष्टाचारबाट देश र पार्टीलाई मुक्त गर्न कडा कदम चाल्नुपर्नेमा जोड दिनुभएको छ ।
विश्वको दोस्रो अर्थतन्त्र चीनमा एक दशक पछि भएको यस सम्मेलनमा हजारौं प्रतिनिधि छन् । सम्मेलनको पूर्व सन्ध्यामा चीनभरी सुरक्षा व्यवस्था कडा पारिएको छ । चिनियां कम्युनिष्ट पार्टीको महासचिवमा वर्तमान उप