पश्चिमी अफ्रिकी देश घानाको राजधानी एकरा स्थित एक डिर्पाटमेण्टल स्टोर भत्किदा परिएकाहरुको उद्धार कार्य जारी छ ।
सो घटनामा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ३३ जनाको जिवितै उद्धार गरिएको छ ।
एक बर्ष अघि मात्र निर्माण गरिएको उक्त भवनमा भारतिय व्यापारीले मेलकम डिपार्टमेण्टल स्टोर संचालनमा ल्याएका थिए । भवन भत्किनुको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् ।